व्याकरण वा शब्दकोशमा एउटा विन्दुमात्र थपघट हुन गएमा भाषाको संसारमा धरेै ठूलो हलचल हुन जान्छ । दाहालले यस शब्दमालामा नेपाली वर्णमालामा हराएका ऋ, लृ वर्णलाई पुनः स्थापना गरेका छन् । साथै नेपाली भाषामा मौखिक रूपमा प्रयोग भएको तर लिखित रूपमा नआएको ध्वनिलाई वर्णको रूप प्रदान गरी नेपाली भाषामा एक नया“ अक्षरको उदय गराएका छन् । त्यसकारण उनी यस शब्दमालामा लेखक पनि बन्न पुगेका छन् । म पाणिनि व्याकरणको विद्यार्थी भएको नाताले उहा“को शब्दशक्ति र कठिन परिश्रमद्वारा सम्पन्न यस बृहत्काय ग्रन्थको अगाडि निःशब्द बनेको छु ।-प्रा.डा. मनोरथ उपाध्यााय नेपालगुजरात सुरत, भारत ।