जननी जन्म भूमिश्च स्वार्गादपि गरीयसी
नाम ललिता, लालित्य शब्द मुहारमा
पृथ्वी देवी माता हुन्
पूर्ण शरीर बन्ने शक्ति सकलमा
माँ भन्दा प्यारो छ कुन
आमाको कुन अंग तरङ्गीत नबनी
मेरो शरीर बनो
माटोको रसं अपार मातृभूमि हुन
देश हो गरिमा छानो
सक्छ र मातृ ऋण तिरेर तिर्न कसले
दूधको भार खै के तिरु
अर्को जन्ममा जन्मनु पर्यो भने
तिम्रो काखैमा फि
त्यसैले म भक्ति गर्छ दिनहुँ
तिम्रो आशीर्वाद पाउँ
सम्झन्छु जगत रहुन्जेल तिमीलाई
आमा म भन्न पाउँ
नेपाली बन्न पाउँ
स्वर्ग खोज्छन् सबै यहां स्वर्ग त्यो कहाँ छ
मातृभूमिको अगाध ममता जहां छ
बन्यो नेपाल कसरी यो मेरो बुझाइ
छ पूर्व बाहुबलको बीरको कमाइ
संसारमा स्वर्ग छ कुन कुनामा
नेपाल देश छ स्वर्ग यै विश्वमा
दश धारा स्तनको पिलाइ औरी
नछोड्ने सत्य कहिल्यै अलपत्र पारी
संकट परेर धरती किन हो रुदैछन्
के भी अरिष्ट रसिला नयन हुदैछन्
यो देश बोक मुटुमा मनले उचाली
परास्त पार रिएको देशको पूजारी
छन् वाल वृद्ध सबलाई बचाउ भन्छिन्
महूत साईत शुभ घडी यो छ भन्छिन्
बत्ती रहोस् अटल राज्य नेपाल देश
हे पुत्र बीर तिमी छौ अगुवा विशेष
छ स्वर्ग देश तिमीमा दिलमा बसाउ
मातृभूमि जननीको मुहार हँसाउ ।
आमा जीवनका फूलहरुका रसले
पत्थरको छातीलाई
ममताद्वारा पगाल्छन्
जो जीवन दात् र प्राणदात हुन्
पृथ्वीकै काखमा हामीलाई लिएर बस्छिन्
हामीलाई जन्म दिन्छिन् अनि प्राण हाल्छिन्
नपत्याए हेर मकैको दाना निचोरेर
हामीले चुसेको त्यो दूध त्यहाँ छ
त्यसै गरी प्रत्येक अन्नमा
दूधको रस भरिएको छ
हाम्रा वा आमाका मायाले
आफ्ना सन्ततिलाई
पठाइदिएको दूध हो त्यो
जो माटोमा फल्दछ ।
त्यहीं शिक्षाबाट ज्ञान पाई
हामीलाई आमाले दूध चुसाउँछिन्
त्यसै गरी दूधकोशीलाई हेर
पृथ्वीको स्तनबाट चुहिरहेकी छन्
सारा प्राणीको प्यास बुझाउन र बचाउनको लागि
छातीमा टाँसेर हामीलाई
विश्व सामु उभिइरहेकी छिन् सगरमाथा
स्तनमा दूध भरेर
तोते बोल्ने मूर्ति सामू
सारा संसार वैरा कान लगाएर
लम्पसार परी मौन थियो
उसले आफ्नो शिर उठाउन नसकिरहेको बेला
आमा कविता संग्रह
जननी विशाल हृदयमा कुरता निभाउने
अमृत शितलता लिएर
धर्म र ममताको स्पर्शले प्राण हाल्दछिन्
मुस्कानमा समस्त करता निल्दछिन्
स्तनमा मुख लगाइदिएर
जननी हृदयले विश्व पराजित गर्दछिन्
अनि कत्ति संकोच नमानी
सारा सन्ततिलाई बचाउँछिन् सृष्टिलाई धान्दछिन्
अहंकार नगर
गुलावको जरामा हेर्न तिम्रा आँखा खस्रा पर्लान्
हामीले मानवताको हृदयमा बस्ने
एउटै शब्दशक्ति
बरदान पायौं भने
उनी हुन् माँ
हामीले जननी भाव देख्न
विवेकका आँखा लगाउनै पर्छ
जसले हामीलाई
संसार देखाउने महिमा प्राप्त गरिन् ।
मातृ भूमि छन् धरा नेपाल हाम्रो सुन्दर
मेची काली गाउँशहर तराई पहाड कन्दरा
फूलबारी छ सुन्दर
संस्कृति छन् धरोहर प्रकृति छन् हराभरा
संसार यहीं झल्काइ दिने प्रकृति छन् बहार
नेपाल हाम्रो हराभरा
अनेकतामा तालमेल सार्वभौमतामा मेल
वन जंगल जलस्रोतले सम्पदा छ अनमोल
मृदङ्गको तालमा
वीरत्वको नेपाल स्वतन्त्र र विशाल
करोडौं आत्माहरुको धड्कन हो नेपाल
प्यारो हाम्रो नेपाल
मुहारमा कान्ति छ सगरमाथा शान्ति छ
चन्द्र सूर्य झण्डा शिरमा विश्वमा नै कान्ति छ
शान हाम्रो शान्ति छ
घर नेपाल हो छाना
हावा चल्दा वासक्याङ फुक्छ मुरलीको गाना
विहानी किरणमा हीरा मोती बर्सिन्छन्
कर्णालीको किनारामा सुन चाँदी टल्किन्छन्
हराभरा सम्पदा छ वन जङ्गलको खानी
अनेकौं संयोजनको बगैंचा छ धनी
जिम्बु, पाखन्भेद, पदम्चाल, धूपी
ठूलो ओखती, धोबी, चिराइतो र बुकी
जडीबूटी रसादी अनेकौ विखुम्बा
दूध वग्छन् धारा बनेर खोला
जडेको प्रभापूर्ण जवानी समान
विखुम्बाको रस छ नशा नशामा
गाइरहेछन् पशुपंछी संस्कृति वहाल
मयूरविना नृत्य अधुरो मृदङ्गताल
वासना शुद्ध गर्ने कस्तुरी सुवास छ वारी
मुजूर नाच्छ त्यस माथि मृदङ्गताल भारी
ढुकुरले कुरै हाल्छ खरायो ढोलक बजाई
कोशी साँझ सुसाउछिन् सनै वजाइ बजाइ
भमरा भुनभुन गर्छ स्याल नरसिंहा बजाई
राखेकि छिन् प्रकृतिले नेपाललाई सजाई
जीवजन्तुले वाजा आविस्कार गर्छन्
स्वर्गवाट अप्सरा पृथ्वीमा झर्छन्
पञ्चेवाजा आविश्कार हुन्छ नेपालीलाई
मातृभूमि चमत्कार देखाउछिन् विश्वलाई
तिमी हाँस्ता मलाई पनि हाँस्न मन लाग्छ
साँच्चै तिमी रुँदा अनि रुन कर लाग्छ
तर त्यो रुवाई रुन मलाई डर लाग्छ
आँसु भरि घृणा इतिहास अभिसाप छ
रुवाई हाँसो दबिएको पर्दा छ नजर्दा
मुटु फुटाएर गाएँ मलाई हेला गर्दा
आफ्नो स्वार्थमा बाँच्नलाई जुर्मुराउँछन् अनि आफ्नो अर्थ छाट्नलाई बर्बराउँछ पनि
मान्छे भए अन्धा बहिरा चेतन बिहीन विवश
हावाको एक झोक्काले हान्दा थाहा पाउँछ देखिन
अहिले कानमा हावाले जो फरफराई भनो
कसरी म सम्झाउँ उसलाई साबुत रुखै छ यो
अधिनायकबादीहरुले कयौं खुशी लुटे
आँसु रगतको मदिरा पिइ प्राणी मकै भुटे
सर्वसत्ताबादी बीच मान्छे भए झटारो
जिउन सारै गाह्रो परो पैसा बन्यो चटारो
नदेखिने तत्व आज पाप धर्म मान्दैछ
अपराध जति लुकाउ आत्मा सब जान्दैछ
नदेखिने कुरा झुठो भन्छन् सब रोईरोई
कुट्यो कसले रोयौ तिमी दुख्यो कति खोई
सबै कुरा एउटै अर्थ खोज्छन् विज्ञहरु
भन्ने ठाउँ नपाउँदामा मर्नु पर्यो अरु
दिमाग यहाँ कारखाना हो मान या नमान
आँसु रंगमा रंगाईदिन्छु जान या नजान
करुणामा बदलिएको स्वच्छन्द छ गाना
भन्दिने काम कसले गर्छ नाना तानामाना
ए नेपाल आमाका
सपूत छोराछोरीहरु हो
निचोरिएको हेर त्यो देशलाई
तिमीले चुसेको दूध त्यहाँ छ
जसका धाराले दूधकोशी जस्ता नदी बगेका छन्
तिम्रो मात्र छैन अमूल्य जीवन
करोडौं छन् आमाको काखमा
ती सबैकी प्राणदात्री हुन्
प्राणीको प्राणरक्षक हुन्
तिनैमा सबै प्राणी आश्रित छन्
जो प्राणी आफ्नो प्राण बचाउनको लागि
तिनलाई आमा भन्दछन् ।
यो यथार्थ सत्य हो
प्राणीका तीनवटी आमामध्ये
एउटी आमा पृथ्वी
दोसी आमा जन्मदाता र तेस्री आमा अन्न हुन्
बहुसंख्यक
उत्पादन मातृत्वको क्षमता हो
जो तिनी भित्र छ ।
यी सबै तिमी विच बराबर
स्नेहभाव राख्छिन्
निचोर्ने, च्यात्ने, कुट्ने, पिट्ने र फाल्ने काम नगर
तिनको वात्सल्यदेखि निस्कने
अमृतद्वारा
मौरीले मह जम्मा गरेझै
आमा तमाम प्राणीलाई
ख्वाएर बचाउँछिन्
तिम्रो आँखाको नानीमा
तिम्रो आमाको फोटो झल्किरहन्छ
अब थाहा पाउ तिमी
मातृत्वको मोल
आमाले हामीलाई
कसरी बचाएकी रहिछन् भनेर
तिमी सोच्न सक्छौ हेर्न सक्छौ
नेपाल आमालाई काखी च्यापेर
भावनामा साँच्चै आमा खोज
राष्ट्रियता तिम्रो छाती भरी
ओतप्रोत भएर पलाउनेछ
राष्ट्रियता पैसामा विक्तैन
देश घातीलाई आमाले
द्वार खुल्ला राख्ने छैनन्
आमाका बचन सम्झने गर
नेपाली वीर सपुतहरु हो
अब त आमाको सपना पूरा गर
देखाई दिए जगले अचम्म पारी
हाँसेर खेल्छौं रमिता यो भारी
वासनाको जति छोपियोस सुवास
चारैतिर उति झन् छर्दछ प्रकाश
त्यस्तै दमनलाई गरी यो विचार
सेना बनी होमिन भए तयार
मुक्ति दिन देशलाई गर्दै विचार
निस्के जनता भिड्न भई तयार
निरङ्कुशतालाई पारी दिएर भड़
दिइछाडे शत्रुलाई प्रचण्ड दण्ड
आँधी बनी ताना शाह लौ अव ढाले
कालो अँध्यारो निसिमा जनताले फाले
झुकेन है वीरको शान यो कदापि
हिमालभ उच्च नेपाल नेपाली जाति ।
बज्रले ताछेको चट्टान, नेपाली स्वाभिमानभित्र गढेको छ
मागेको मोही खाई परम आनन्द भई,आधुनिकता चढेको छ
नयाँ नेपालको तटमा श्रद्धेय सहिदहरु हेर्न आउ
इतिहासका पाना पल्टाई हेर, के बोल्दैछ सैतानी वाउ
उच्छृङ्खल बादलको अवसरवादी, घोडा चढेर हिन्दीमा उर्लिए
आमाको मुटुमा पैताला बजादै, वबण्डर मच्चाई कुर्लिए
वज्र गिरेको आभास भयो, मुटुमा शब्द शब्द रगट परेर
धर्तीको इतिहास बीरको छातीमा, आयो विष्फोट भएर
प्रतिघात गरी पोइला जानेलाई हिन्दी आफ्नो बनाएर
रोक्न सकिन मैले मुटुमा कान आँखा दबाएर
नालापानी हाल वीरले लेख्तैछन् अमर छातीमा युगको
मौका यहि हो पाप पखाल दूधले भन्छ आमाको
नेपाल रहुन्जेल नेपाली भाषा राख्छौं हामी युगयुगसम्म
मातृभूमिको कसम खाइ भन्छौं इतिहास साक्षी जुगजुगसम्म
शिरमा सुवर्ण पहिरी पृथ्वी
समाधि छ अखण्ड भित्र्याउने प्रकृति
जहाँ चन्द्र - सूर्य हुन्छ झण्डा आकाश
सारा पृथ्वी देख्छ अभिन्न प्रकाश
कान्ति र उज्ज्वलताको धीर निवास
स्वर्ग समान प्यारो छ नेपाल देश
जग्गे हो नेपाल संसारभरिको
जडेको प्रभापूर्ण बेहुली सरिको
तारा ग्रहगण विशे चन्द्र सूर्य भारी
संयोजन सवको मयूरमा सवारी
उच्च छ भूतलमध्ये प्रतिष्ठा सुबोध
ज्ञान शान्ति बुद्ध विना विश्व अवोध
पृथ्वीमा अदम्य शक्ति सिंगार मोती जडेको
सम्पदा धनी हाम्रो आगन संगीत भरेको
वर्षों पुरानो लाश देखाउँछिन् मकालु
जादुगरी प्रकृति शक्तिमान दयालु
विश्वमान भई वस्ने नेपाली हो वीर
कान्तिपुरी शिवकी सगरमाथा नीर
यही सत्य सन्मार्ग दिव्य प्रकाश
जहाँ चन्द्र - सूर्य छ झण्डा आकाश
सावधान
साथीहरु ! आज हामीले
इतिहास बचाइरहनु परेको छ
नयाँ इतिहास कोरिरहनु परेको छ
मेरो मुटु पोलिरहेको छ
मेरो हृदयलाई म नै शान्त पार्न सक्छ
तर विदेशीलाई इष्ट सम्झेर
मेरो स्वाभिमान बेच्न सक्तिन
यो मेरो शान हो ।
आपसी झगडा नगरी इतिहास बनाउन
हामी अहिले संघर्षमा छौं
कसैले भुलाउने र लोलोपोतो घसेमा
हामीबाट भुल हुने छैन
यो हाम्रो गौरवताबाट
विदेशीतत्वले पाठ सिकन्
स्वाभिमानी बन्न सिकुन्
हामी अझै भन्दछौं
गाँजा अफिमको नशा
हाम्रो दिमागमा पसेको छैन
दलालहरु सावधान।
हामी हाम्रो प्रकृति र संस्कृतिलाई साक्षी राखेर
प्राकृतिक गौरव इतिहासमा
दृष्टि लगाउन चाहन्छौं
आधुनिकताको आडमा
पूर्वजलाई दुष्ट र विदेशीलाई इष्ट सम्झन सक्तैनौं
हाम्रा रक्तकणहरु आज
कसरी यहाँसम्म आएका छन्
तिमी हेर्न चाहन्छौ ?
यो माटोका वीर पुत्र
अमर, गौतम, भीमसेन र बलभद्रका खुनहरु
चुक्नेवाला छैनन्
आफ्नो मातृभूमिको इज्जतमा
आँच आउन दिनेवाला छैनौं
विस्तारवादी एवं साम्राज्यवादीहरु
सावधान ।
मेरो धर्तीको
एउटा कलिलो बच्चाले
विश्वविख्यात न्यूटन र आइन्स्टाइनलाई
चुनौती मात्र दिँदैन
परास्त पारेर देखाउने अठोट गर्दछ
यसैगरी
मेरो कोठेबारीका
साना दुलामा बस्ने दुम्सीले समेत
अर्जुनको गाण्डिवबाट निस्कने वाण हान्दछन् र ठूलाठूला महिसासुर, अर्ना, चितुवा, हात्तीजस्ता
जीवबाट कोठेबारी सुरक्षित राख्दछन् ।
हिंसात्मक जीवहरु सावधान ।
रावणले लक्ष्मणलाई मृत्यू दिँदा
हाम्रो बारीको सञ्जीवनी बूटी
हनुमानले लगेर
पिलाई बचाएको कुरा बिस्यौं ?
अनि कालकुट विष पिएर
पचाउने शिवजीको शक्ति पनि
अझै हामीसँग सुरक्षित छ
त्यही सञ्जीवनीको बगैंचामा खेल्ने
कैलाश पर्वतकावीर पत्र हौं हामी
विश्व अग्नि शान्त पार्ने
शक्ति हामो शिरमा छ
त्यो ज्ञान
यहीं देशका बुद्धहरुमा मात्र छ ।
हामी कसैमाथि जाइलाग्दैनौं
तर
हामो स्वाधिनतामा
कहीं कतैबाट आँच आएमा
हामी स्वयं यमराज बनिदिन्छौं
षडयन्त्रकारीहरु सावधान ।
मदन आश्रीत
विरेन्द देखि लिएर
पेन्टागन सम्मका दृष्य
हामी निर्यालरहेका छौं
आफैँ सखाप हुने खेलहरु
तिमी खेलिरहेका छौ
हामी सावधान गराइरहेका छौं
विश्वासघाती एवं आत्मघाती भष्मासुरहरु
सावधान
हामी नेपाली जाती
नेपालको लागि पवित्र जीवनको
प्रणको शान मरेको छैन
ज्यूँदो छ
सञ्जीवनी बुटीको माला भिरेर
अनि विखम्बाको रस
पिएर बाँचेका हामी
अपराधीहरु विरुद्ध लडनु परेमा
भीमसेनका गोला वर्षाउँदै
विश्व पराजीत गरी
महाकाललाई फिर्ता पठाइदिन सक्छौं
सावधान ।
तिमी देख्छौ अहिले कुन सपना
सत्य भयो केवल मात्र थपना
कति मूर्ख यहा गद्द चढे
कति विद्वान यहाँ पतकर सबै
दृष्टि अधुरो भएछ कि विधाताको
गर्दाखेरी सृष्टिको रचना यो
काम गर्नेलाई यहाँ गधा बनाए
चोर्नेलाई अनि मालिक बनाए
गरिबलाई रोगको डर खन्याए
आत्माको यहाँ भो जलाए
यो केवल लाशको मात्र हुन्थ्यो
अहिले त यहां ज्युँदै गनाए
बदमासलाई यहाँ माला चढाए
मन्दिरमा जाने मान्छे हराए
साँचो गर्न पनि मान्छे डराए
असत्यलाई साथी बनाए
देशमा अग्निको ज्वाला खन्याए
डिग्री गर्नेलाई नोकर बनाए
ज्यान मार्ने शासन अघि बढाए
विदेशीलाई यहाँ तमासा देखाए
नेपालीहरुको शिर झुकाए
भाइबन्धुत्व आपसमा फुटाए
बम, बारुद जति देशमा भित्र्याए
देशलाई अरु कङ्गाल बनाए ।
हे वीर हिँड अब उज्यालो हुन गो
डर रत्ति नमानी यहाँ
गर्नुछ धावामा सबेर छँदै यो
काम हाम्रो जिम्मा जहाँ
हातपाउ हाम्रा अगाडि बढ्दै
कम्प दिए शरीर
स्वार्थमा डुबेर अन्धो नबन
अँध्यारो निस्पट्ट चिरेर
अगाडि अरु बढेर जाउ हे
पौरखी वीर हो
बाटो छ हाम्रो विचारको यहाँ
संगिन तीर हो
सपूत हामी यहीं देशका
आमाका सन्तान हौं
पन्साई तगारा झाडी र काँडा
देश यो हँसाऊ
देखेर हिमाल सेता लहरका,
मुस्काउँछिन् गद्गदी
यो देखेर लेखिदेउ हे कवि
जस्ताको तस्तै बगी
पाखा पखेरा फाँट कन्जरा
यी वीर देशका औजार
खोला नाला हरियाली हिउँ शिखर
यी हुन् आभूषण तिम्रा
चिंचिं चुचु डाँफे र मुनाल
कोइलीको गाना यो
आमा कविता संग्रह
लहरा जेउला फल फुलिएका गहना
वीरको सिँगार भो
नदी नाला पानी प रो
मूल पोखरी छन् यहाँ
पैदा गर्छिन् रमाउँदै सप्तलाई
वीर नेपाल हाम्री आमा
बलभद्र गौतम सीता
जस्ता सपूतको बस्ती यो
विश्वमा चिनिने नेपाल देश एक हो
आमाको यो शक्ति हो ।
पखेरा र पहाड तराई फूलवारी छ, राम्रो
बीरताले सिर्जिएको जन्मभूमि हाम्रो
देशभक्ति छातीभित्र रहेको छ अटल
रातो झण्डा चन्द्र सूर्य गौरव छ विशाल
अनेक जाति भाषा धर्म संस्कृतिको देश
प्यारो लाग्छ हामीलाई आफ्नै भाषा, भेष
प्रकृतिको अनेक रुप ऐश्वर्यकी खानी
शान्ति प्रिय पुण्यभूमि नेपालका धनी
संसारको शिखर राम्रो न्यायी हाम्रो हिमाल
शान्ति प्रिय राष्ट्र हाम्रो जय जय नेपाल
जीवन मेरो सारङ्गी नशा हुन् शितार
छातीबाट बगाउँछु दूधकोशीको धार
मोती बग्छन् अङ्ग अङ्ग मेरो शिरको चाँदी
पहाड चिरी छाती मेरो बगिदिन्छ नदी
गुञ्जाउँदै गाउँघर बेठी लाउन झर्छन्
त्यसै भावले आविष्कार भई पञ्चेबाजा बन्छन्
जिब्रो ओठको क्याम्टा तालमा मारुनी भई बाँच्छ
शरीर मेरो साथ दिँदै जुर्मुराउँदै नाच्छ
झ्याउरे भाका निकालेर गाउँछु गीत पनि
रुलाई दिन्छु गाउँघर आफू धीर बनी
गला मेरो कला बन्छ रेटिएर अनि
शान्त करुण धुनमा रही मुटु फुट्ता पनि
इसारा पाइ सारङ्गीको दमाहा थर्काउँछु
करुणामा हिम शिखर हुँ शान्ति दर्शाउँछु
वीरतामा अरिङ्गाल हुँ गुलावको रङ्गमा
नाच्छन् यहाँ बहादुर तरबारको सङ्गमा
स्वाभिमान भई बाँच्ने हामी विश्वको नै सामु
प्रकृतिमा सर्वोत्कृष्ट टुना छन्द मानु
ब्याकरणमा नभएको मेरो करुण गाना
भमरा हुँ नाच्छु फुफुर् आँगन छाना छाना ।
नेपाल देश सूर को हो ढिकुटी
जनता छन् यहाँ विविध कोटी
संसारको शिखर यहीं स्थित छ
वीरको बाहुबलले सुसुज्जित छ
विखण्डित हुनबाट बचाउनु छ
पसिनाका मोतीले यहाँ सिँचाउनु छ
देशलाई फूलबारी बनाइ छाड्ने
अठोट गर्दै वीरभावले लड्ने
विश्वमा शान्तिक्षेत्र भनी चिनिने
स्वर्ग हो सारा जगको गनिने
मेरो देश सधैं छाती भित्र अट्छ
अन्यायसँग शिर उठाइ लड्छ
झुक्दै नझुक्ने यो हो मातृभूमि
संसारमा प्रसिद्ध छ स्वर्ग भनी ।
नेपालको क्षेत्र सुकिलो छ शिरको
हो मातृभूमि अगाध वीरको
बस्छन् समष्टि जन शान्ति राष्ट्रमा
मिल्दा कुशल पद गनिन्छ विश्वमा
सर्वत्र योग्य राज्य नेपाल भनी
चिनिन्छ यो वीर भावनाले छ, धनी
यिनै संयोगले फिजियो सुकीति
सन्तोषको महल जो सुकिलो छ धर्ती
ऐले यहाँ जो सर्वज्ञ विचार गरी
निश्वार्थमा गम्भिरताले सोच्नु छ भारी
गर्नुछ काम आज जनमानसमा
मातृभावको रस पसाई नशानशामा
खोजौं आज मातृत्वको कुलीन धीर
आचारको चमकपूर्ण बनोस् यो शिर
सम्पूर्ण नेपाली बस्नुछ सधैं मिली
खुशी दिइ जगमा फूल जस्तै खेली
कल्पना हामी यहीं बारम्बार लिउँ
देशभरी फूलैफूलको बासना छरिदिउँ
जगलाई नयां स्वाद अब यहाँ पिलाउँ
सुगन्धी भावले नयाँ युग दिलाउँ
नेपाल मेरो बाक्य आफैमा छ काव्य
सारांशमा सुनाउने मेरो अहोभाग्य
व्याकरणमा बाँधिएर सक्दिन अहिले
अन्त्यानुप्रास र तुकबन्दिमा लेख्तैछु मैले
नेपाली खुन बुद्धको आँखा हिमाल रोएको
कागलाई बेल पाक्यो हर्ष न विस्मात् नेपालमा के भाको
आमाको छोरो हैन पो क्यारे किन हो तुहेको
नेपाली भाषा विर्सेर किन त्यो मान्छे रोएको
नेपाल आमा जन्माउ बरु देशका सपूत
गुलाम कैले कसैको हैन नेपाली हकहित
जेसुकै बनुन् न्यायाधीश बनून हकहित चाहिन्छ
म त्यहीँ बस्छु म यहीं हुन्छु नेपाल जहाँ छ
नेपाली मुटु नेपाली भाषा खै के मा कुर्लियो
पाउको मान्छे धानमा पुग्यो व्यथैमा उलियो
कुकुरको पुच्छर ढुंग्रामा राख्यो बाङ्गै छ, लौ हेर
बाँदरको हातमा नरिवल दिँदा विग्रियो यो देश
राष्ट्रको भाषा अस्मिता हाम्रो नेपाली हो खास
कसैको ठेक्का नेपाल हैन स्वाभिमान हो आश
खोटेत्रो लाउनेलाई विर्सनै छैनौं राख्तछौं ताजाताज
गर्नेलाई के भो जान्दिन में त देख्नेलाई भयो लाज
जो गाउँको भयो मुखिया आज उही बाटो विगार्छ
जो संग हुन्छ विवेक बुद्धि राष्ट्रलाई सिंगार्छ
भाइ, गाई र माई मार्नेलाई देशले छोड्दैन
राष्ट्रको माया भावनालाई कसैले तोड्दैन
कुकर्मीहरु अँध्यारो भित्र खेल्दैछन् जो खेल
नेपाली जाति वीरका सन्तान बनेर लौ भेल
परास्त पारी रिपुलाई वीर नेपाल सङ्गाल
राष्ट्रको अस्मिता नेपालीपन भाषालाई अङ्गाल ।
साथीहरु हो सावधान
नेपालीहरुको भविष्यमाथि, अन्धकार थुप्रिएको छ
किनकि वैरीले आँखा गाडेका छन्
यहाँ नयाँ पालुवाको अङ्करण हुन सकेको छैन
यहां कुकृत्य गर्नेहरुले
जाल बनिरहेका छन्
वीरहरुको बाटो पनि
यहाँ हराइरहेको छ
साथीहरु हो होसियार
यहाँ इतिहास रोएको छ
अलमल्लमा परेको छ
इतिहास लेख्नेहरु
शुद्ध इतिहास लेख्न चाहन्छन्
देश बेचिएको इतिहास
कलमले लेख्न मान्दैन
म अहिले देशको खवरदारी गर्न
देश वेच्नेहरुलाई
महाकाल भएर आएको छु
आफ्नै सन्तान वेच्ने
बाबु र आमालाई
म खै के भनेर सम्बोधन गरौं
मलाई एउटा उत्तरको खाँचो छ
शुन्दर शान्त विशाल नेपाल
साथी हो देश दुखेको छ
शीतलता दिनुपर्छ
अव व्यू, सुतेर हुँदैन
उठ जाग लाग कार्यमा
साथी हो सावधान
देश दुखेको वेला छ ।
बैरीले मेरो देशमा आँखा गाड्दा
म आँखाबाट आगोको फिलुंगा ओकल्छु
शत्रुले मेरो देशमा आक्रमण गर्न खोज्दा
म मेरो हिमाल छातीभित्र अटाउँछु
आमालाई आपत् पर्दा
म तिम्रो देश छ कि छैन ?
भनेर प्रश्न गर्छु ।
अनि यो पहाडलाई मेरो छाती
शत्रुको बम देख्ता
मेरो देश फलामको बनिदिन्छ
बम माटोको मट्याङ्ग्रा भइदिन्छ ।
म मेरो देहलाई त्यो कठिनाईमा
फूलको वर्षा सम्झेर
इतिहास बचाइ रहन्छु
अनि संकल्प गर्दै
विभूतिको कसम खाएर भन्छु
सहिदको कसम खाएर भन्छु
यो मेरो देश
यो वीरहरुको देश हो
किनकि हामी नेपाली हौं
नेपाली कहिल्यै हार्न जान्दैन
झुक्न जान्दैन
किनकी यो वीरहरुको देश हो
यो मेरो देश हो ।